• ट्रेण्डिङ्ग :
समृद्धि प्रदेश हाम्रो कल्पना हो : मन्त्री पाण्डे

समृद्धि प्रदेश हाम्रो कल्पना हो : मन्त्री पाण्डे


  • 3.0K
    SHARES
    • कार्तिक १७, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    समृद्धि प्रदेश हाम्रो कल्पना हो : मन्त्री पाण्डे

    दाङ १७ कात्तिक/ लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले समृद्ध प्रदेशको चाहाना रहेको बताएका छन् । लुम्बिनी प्रदेश मुलुकको सातवटै प्रदेशभन्दा फरक भुगोल, संरचना र संस्कृती रहेको प्रदेश सरकारले यसको विकास र सम्भावना अवस्था पनि फरक नै रहेको बताए । लोकतान्त्रिक समाजवादी पार्टी तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ ले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा बोल्द्र मन्त्री पाण्डेले लुम्बिनी प्रदेश सरकार प्रदेशवासी जीवनस्तर फेर्न सक्ने गरी नयाँ योजना सहित नीति तथा कार्यक्रमका साथ अघि बढेकाले सरकारको चाहाना समृद्ध प्रदेशको चाहाना रहेको उनले बताए ।

    images

    उक्त अवसरमा मन्त्री पाण्डेले वर्तमान सत्ता गठनबन्धन दलहरुले मुलुकको प्रत्येक उपलब्धी रक्षा सहितको योजना काम अघि बढेकाले सत्ता गठबन्धन सहितको यो सरकारको समृद्धि र विकासको पक्षमा रहेको बताए । प्रदेशको विकासका लागि सरकारले स्थायी संरचना निर्माण सहितको बृहत्तर विकासको योजना सहितको काम गरिरहेको बताए । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य शोमराज जनैदारले वर्तमान सरकार सुशासन र समृद्धको पक्षमा उभिदै गइरहेको चर्चा गरे । तर सरकारको यो कदमका विरुद्ध प्रत्येक दलहरुले साथ र सहयोगमा हुनुपर्नेमा विपक्ष दलहरु सुुशासनको रक्षा र समृद्धिको योजना निर्माणमा नभई सरकार गिराउने दाउमा लागेको टिप्पणी गरे ।

    जसका लागि सरकारले देश र जनताको पक्षमा रहि सुुशासन सहितको सरकार महसुस राष्ट्रले गरिरहेको उनको भनाई थियो । सत्ता गठबन्धन सरकारले शरनार्थी, ललिता निवास, सुनकाण्ड जस्ता ठूलो कुशासनको जालो फाल्दै सरकार अघि बढिरहेकाले दलहरु सरकारको सकारात्मक पक्षमा उभिदै जनताको न्याय र देशको समृद्धिका लागि सजक हुनुपर्नेमा उनको भनाई थियो । कार्यक्रममा लोकतान्त्रिक समाजवादीका लागि केन्द्रीय सदस्यहरु इस्लाम अहमत खाँण, श्रीनिवास यादव , शोभा डाँगी, लुम्बिनी प्रदेशकी सांसद हेमा बेलबासे , दीपक डाँगी लगायतकाले भनाई राखेका थिए  ।


    तेस्रो आँखा