• ट्रेण्डिङ्ग :
भूकम्प अपडेट : जाजरकोटमा मात्र ८६ जनाको मृत्यु

भूकम्प अपडेट : जाजरकोटमा मात्र ८६ जनाको मृत्यु


  • 2.1K
    SHARES
    • कार्तिक १८, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 3.3K Views

    भूकम्प अपडेट : जाजरकोटमा मात्र ८६ जनाको मृत्यु

    काठमाडौँ । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ८६ पुगेको छ । भूकम्पमा परेर मृत्यु हुनेको संख्या ८६ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए । 

    images
    भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ । शुक्रवार राति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो । 
    भूकम्पमा परेर जाजरकोटमा ३० जना घाइते भएका छन् । सामान्य घाइतेहरूको संख्या धेरै रहेको डिएसपी रोकाले बताए । घाइतेहरू मध्ये २२ जनाको जिल्ला अस्पतालमा उपचार हुँदै छ । ८ जनालाई सुर्खेत रिफर गरिएको छ ।


    तेस्रो आँखा