काठमाडौं । जाजरकोट केन्द्र भएर गएको भूकम्पका घाइतेको उपचारका लागि बाँकेमा विशेष व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले गम्भीर घाइतेको उपचारका लागि भेरी अस्पताल नेपालगन्जलाई डेडिकेटेड अस्पताल बनाएको छ ।
कोहलपुर मेडिकल कलेजलाई घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका ‘सुपरभाइजर’ नरेश श्रेष्ठले बाह्रखरीलाई जानकारी दिए । श्रेठलाई अहिले भूकम्पमा घाइते भएकाको उपचार व्यवस्थापनको फोकल पर्सन तोकिएको छ ।
काठमाडौं । जाजरकोट केन्द्र भएर गएको भूकम्पका घाइतेको उपचारका लागि बाँकेमा विशेष व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले गम्भीर घाइतेको उपचारका लागि भेरी अस्पताल नेपालगन्जलाई डेडिकेटेड अस्पताल बनाएको छ ।
कोहलपुर मेडिकल कलेजलाई घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका ‘सुपरभाइजर’ नरेश श्रेष्ठले जानकारी दिए । श्रेठलाई अहिले भूकम्पमा घाइते भएकाको उपचार व्यवस्थापनको फोकल पर्सन तोकिएको छ ।
हेलिकोप्टरबाट आउने बिरामीको लागि रांझा विमानस्थल र आर्मीको हेलिप्याडमा दुई/दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।
