काठमाडौं । दुर्गममा उडान गर्दै आएका निजी वायुसेवा कम्पनीले जाजरकोट भूकम्पका घाइतेको उद्धारका लागि उडान भर्न तयारी अवस्थामा रहेका बताएका छन् ।
उक्त क्षेत्रमा घाइतेको उद्दारको लागि तयारी अवस्था रहेको वायुसेवा सेवा संचालक संघका महासचिव मनोज कार्कीले जानकारी दिए । जहाज तयारी अवस्था राखेको र सरकारको निर्देशन आउन साथ उडान भर्ने उनले बताए । नेपालगन्जमा रहेका जहाज फ्लाइट नगरेर स्ट्यान्डबाई अवस्थामा राखेको उनको भनाइ छ ।
उक्त जहाज मेडिकल टिमसहित ८ः१८ मा काठमाडौंबाट चौरजाहारी उडेको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बताए ।
