• ट्रेण्डिङ्ग :
भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा नेपाली टोली कालो पट्टी बाँधेर मैदानमा

भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा नेपाली टोली कालो पट्टी बाँधेर मैदानमा


  • 3.2K
    SHARES
    • कार्तिक १९, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 5.0K Views

    भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा नेपाली टोली कालो पट्टी बाँधेर मैदानमा

    काठमाडौँ १९ कात्तिक/ नेपाली क्रिकेट टोलीले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध कालो पट्टी बाँधेर खेलिरहेको छ । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युड भूकम्पमा ज्यान गुमाएकाहरूको सम्झनामा नेपालले पाखुरामा कालो पट्टी बाँधेर खेलेको हो 

    images

    नेपाल क्रिकेट संघ (क्यान) ले आजको खेलबाट बिक्री हुने ५० प्रतिशत टिकट मूल्य भूकम्प प्रभावितलाई दिने घोषणा गरिसकेको छ । टियु क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गरिरहेको छ । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरीको स्थानमा सन्दीप जोरालाई मौका दिएको छ ।


    तेस्रो आँखा