शान्तिनगर १९ कात्तिक/ सुरक्षा आवासको आवश्यकता र मनोविमर्श केन्द्रको संस्थागत दिगोपनाको लागि सम्वाद र संरचना हस्तान्तरण कार्यक्रम शान्तिनगर गाउँपालिका चिराघाटमा सम्पन्न भएको छ । ओरेक दाङको आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले शान्तिनगरमा सुरक्षा आवास र मनोविमर्श केन्द्रको अत्यन्त आवश्यक रहेको बताएका थिए । कार्यक्रममा बोल्दै प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सरस्वती कडेलले कुनै महिला तथा बालबालिका पीडित भएमा उनीहरुलाई राख्नको लागि सुरक्षा आवास शान्तिनगरमा नभएको भन्दै सुरक्षा आवास र मनोविमर्श केन्द्र तत्काल सञ्चालन गर्नु पर्ने बताईन् ।
पीडित महिला घरमा पुनः स्थापना नहुँदासम्म त्यसलाई राख्ने सुरक्षित ठाउँ छैन्, मनोसविमर्श नपाएर आत्महत्याका घटना बढेकोछ, उनले भनिन् त्यसकारण सुरक्षा आवास र मनोविमर्श केन्द्र संगै सञ्चालन गर्नुपर्छ त्यसको लागि हामी सहयोग गर्न तयर छौ । त्यस्तै मावि बयालेका प्रअ तुल्सी गिरीले मनोविमर्श नपाएर विद्यार्थीदेखि महिला पुरुषमा समेत विभिन्न खालको असर देखिन थालेको भन्दै पालिकाले सहयोग गर्नु पर्ने बताईन् । जनकल्यान मावि सिमसुन्दरपुरका प्रअ निम बहादुर गिरीले समाजमा भएका विभिन्न समस्याले गर्दा त्यसको प्रत्यक्ष असर विद्यालयमा परेको भन्दै मनोविमर्श र सुरक्षा आवास संगै सञ्चालन गर्नुपर्ने आवस्यकता औल्याए ।
ओरेक दाङका जिल्ला संयोजक धन कुमारी चौधरीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष प्रेम कुमारी बुढाथोकीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उपाध्यक्ष बुढाथोकीले सबैको सल्लाहामा पालिकामा सुरक्षा आवास र मनोविमर्श केन्द्र सञ्चालन गर्ने बताईन् । कार्यक्रमको बारेमा ओरेका कार्यक्रम अधिकृत कल्पना चौधरीले प्रकाश पारेकी थिइन् । चौधरीले शान्तिनगर गाउँपालिकामा एक वर्षको अवधिमा विभिन्न खाले ४२ वटा हिंसाका घटना घटेको र ति मध्ये सबै भनदा धेरै ३५ वटा घरेलु हिंसाका घटना भएको बताईन् ।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न विद्यालयमा प्रअ, विभिन्न शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा पालिका उपाध्यक्ष प्रेम कुमारी बुढाथोकीलाई प्रभावितदेखि परिवर्तनका सम्वाहाक परियोगना हस्तान्तरण गरिएको थियो । कार्यक्रममा अधिकारकर्मी शुष्मा गिरीले प्रशिक्षण दिएकी थिइन भने सहजीकरण मनिसा चौधरीले गरेकी थिइन् ।
