• ट्रेण्डिङ्ग :
यसरी चिनी बिक्री गर्दै छ साल्ट ट्रेडिङ

यसरी चिनी बिक्री गर्दै छ साल्ट ट्रेडिङ


  • 4.3K
    SHARES
    • कार्तिक २०, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 6.6K Views

    यसरी चिनी बिक्री गर्दै छ साल्ट ट्रेडिङ

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चिनी बिक्री गर्ने भएको छ । बिक्रीको मापदण्ड बनाएर साल्ट ट्रेडिङले चिनी बिक्री गर्न लागेको हो । 

    images

    व्यावसायिक प्रयोजनका लागि पसलबाट खुद्रा बिक्री गर्न प्रतिव्यवसायीलाई २५० केजीसम्म उपलब्ध गराइने साल्ट ट्रेडिङले जनाएको छ । परिमाण उपलब्ध स्टकका आधारमा थप/घट हुन सक्ने बताइएको छ ।

    यसका लागि व्यवसाय दर्ताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि साल्ट ट्रेडिङमा बुझाउनु पर्नेछ । 

    साल्ट ट्रेडिङले प्रतिकेजी चिनी ११२.५० रुपैयाँमा उपलब्ध गराउनेछ । साल्ट ट्रेडिङले कालिमाटीस्थित आफ्नै कार्यालयबाट चिनी बिक्री गर्नेछ । 


    तेस्रो आँखा