• ट्रेण्डिङ्ग :
सहमति पछि राप्ती बबईमा लगाएको ताला खुल्यो

सहमति पछि राप्ती बबईमा लगाएको ताला खुल्यो


  • 4.3K
    SHARES
    • कार्तिक २०, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.6K Views

    सहमति पछि राप्ती बबईमा लगाएको ताला खुल्यो

    दाङ, २० कार्तिक । राप्ती बबई क्याम्पस तुलसीपुरमा चार विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा लगाएको ताला विभिन्न सहमतिमा खुलेको छ । कात्तिक १५ गते विभिन्न माग गर्दै चार विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा लगाएको ताला आज विभिन्न सहमतिमा खुलाइएको हो।

    images

    अनेरास्ववियुका अध्यक्ष प्रदीप बस्नेत, अखिल (क्रान्तिकारी) का अध्यक्ष भोज राज बिश्वकर्मा, अनेरास्ववियुका अध्यक्ष केशव पुन अखिल (क्रान्तिकारी) विप्लवका अध्यक्ष केबि सी र स्वतन्त्र भुपेस खत्रीले विभिन्न माग सहित कात्तिक १५ गते तालाबन्दी गरेका थिए। निर्णय स्ववियुको बारेमा आवश्यक छलफल गर्नलाई सम्पुर्ण क्रियाशिल विद्यार्थी संगठनहरुसंग बसि एकमहिना भित्रमा आवश्यक प्रक्रिया अगाडि बढाउने ।

    क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको सहजताको लागि क्याम्पसमा अति आवश्यक पुस्तकहरु उपलब्ध गराइ थप व्यवस्थित गर्ने र इ–लाइब्रेरीको व्यवस्था गर्ने साथै खेलकुद प्रशिक्षकको सन्दर्भमा आवश्यक छलफल गर्दा नियुक्त हुने प्रक्रियालाई ६ महिनासम्म मुल्यांकन गरि नियुक्त गर्ने निर्णय गरियो।

    उक्त छलफलमा संचालन समितिका अध्यक्ष, सदस्यहरु, क्याम्पस प्रमुख लगायत चार विद्यार्थी संगठनको सहभागी रहेको थियो ।


    तेस्रो आँखा