• ट्रेण्डिङ्ग :
सिटी प्रि–क्वार्टरफाइनमा प्रवेश गर्दा पीएसजी र बार्सा पराजित

सिटी प्रि–क्वार्टरफाइनमा प्रवेश गर्दा पीएसजी र बार्सा पराजित


  • 2.5K
    SHARES
    • कार्तिक २२, २०८० बुधबार
    • २ बर्षs अघि
    • 3.9K Views

    सिटी प्रि–क्वार्टरफाइनमा प्रवेश गर्दा पीएसजी र बार्सा पराजित

    काठमाडौं ।  साविक विजेता म्यानचेष्टर सिटीले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

    images

    गएराति भएको खेलमा १० खेलाडीमा सिमित योङ ब्वाइजलाई ३–० ले हराउँदै सिटी प्रिक्वार्टरफाइलनमा पुग्ने सिजनको पहिलो टोली बनेको हो।

    घरेलु मैदान इत्तिहादमा सिटीलाई जित दिलाउन एर्लिङ हाल्यान्डले दुई तथा फिल फोडेनले एक गोल गरे। खेलको २३औं मिनेटमा हाल्यान्डले पेनाल्टीमा गोल गरे। पहिलो हाफमा इन्जुरी समयमा फोडेनले गोल गर्दा हाल्यान्डले ५१औं मिनेटमा गोल गरेका हुन्।

    भ्रमणकारी टोलीका लौपेरले रातो कार्डको सामना गरेका थिए। यो जितपछि सिटी लगातार ११ पटक अन्तिम १६ स्थान बनाएको छ।​ साविक विजेता युरोपियन च्याम्पियनसिपमा लगातार १८ खेलसम्म अपराजित यात्रा कायम राख्न सफल भयो।

    समूह ‘जी’ मा सिटीको चार खेलबाट चार जितसहित १२ अंक छ । आरबी लाइपजिगको ९ तथा रेड स्टार र योङ ब्वाइजको समान एक अंक  छ। गएराति भएको समूहको अर्को खेलमा आरबी लाइपजिगले रेड स्टारलाई २–१ ले हरायो।

    गएराति भएको समूह एफको खेलमा इटालियन सिरी ए क्लब एसी मिलानले घरेलु मैदानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराएको छ। पिएसजीलाई २–१ ले हराएको मिलानले च्याम्पियन्स लिग समूह चरणमा पहिलो जित निकालेको हो।

    अर्को खेलमा जर्मन बुन्डेसलिगा क्लब डर्टमन्डले घरेलु मैदानमा इङ्लिस प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडलाई २–० ले हराएको छ।

    दुई खेलसँगै ‘ग्रुप अफ डेथ’ डर्टमन्ड ७ अंकसहित शीर्षस्थानमा उक्लिएको छ। पिएसजी ६ अंकसहित दोस्रो स्थानमा झर्यो। एसि मिलान पाँच अंकसहित तेस्रो र न्युक्यासल चार अंकसहित पुछारमा छ। अझै पनि समूह ‘जी’ बाट अन्तिम १६ टोलीको टुंगो लागेको छैन। 

    गएराति नै भएको समूह ई को खेलमा एथ्लेटिको मङ«ीडले सेल्टिकलाई ६–० ले हराउँदा सोही समूहको अर्को खेलमा लाजियोले फिएनोर्डलाई १–० ले पराजित गर्‍यो। 

    समूह एचको खेलमा बार्सिलोना सख्तर डोनेक्ससँग १–० ले पराजित भयो। सोही समूहको अर्को खेलमा एफसी पोर्टोले रोयल एन्टवार्पलाई २–० ले हरायो। 


    तेस्रो आँखा