• ट्रेण्डिङ्ग :
किशोरी बलात्कार आरोपमा युवक पक्राउ

किशोरी बलात्कार आरोपमा युवक पक्राउ


  • 2.8K
    SHARES
    • कार्तिक २२, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.4K Views

    किशोरी बलात्कार आरोपमा युवक पक्राउ

    पाल्पा २२ कात्तिक/ पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images

    तानसेन नगरपालिका ८ तल्लो डुम्रे बस्दै आएकी ती किशोरीलाई दाहालले सोही ठाउँस्थित बारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो । सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     


    तेस्रो आँखा