तुलसीपुर, २४ कात्तिक । जंगलमा घाइते अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ । मालुको पात टिप्न गएका घोराही उपमहानगरपालिका वडा नम्बर ७ हर्नियाका ३० वर्षीय जुगरू चौधरी घाइते अवस्थामा भेटिएका थिए ।
बुधबार बिहान स्थानीय महिलासँग जंगलमा मालुको पात टिप्न भनेर गएका उनको रुखबाट लडेर घाइते भएपछि स्थानीयले प्रहरीलाई बेलुका साढे ४ बजेतिर खबर गरेका थिए । प्रहरीले चौधरीलाई उद्धार गरि बेलुका ७ बजेर ४० मिनेटमा घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिठान पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले रुखबाट लडेर मृत्यु भएको भनिएपनि चौधरीको छातीमा भरुवा बन्दुको छर्राले लागेको जस्तो घाउहरु देखिएको जानकारी दिए । घटना बारे चौधरीसँगै पात टिप्न गएका महिला माथि सोधपुछ भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
चौधरीको मृत्यु शंकाष्पद देखिएको भन्दै प्रहरीले पोष्टमार्टम रिपोर्ट पछि उनीमाथि गोली प्रहार भए नभएको एकीन हुने बताए । घटना बारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
