• ट्रेण्डिङ्ग :
युएईसँग विश्वकप खेल्ने फुटबल टोलीको घोषणा

युएईसँग विश्वकप खेल्ने फुटबल टोलीको घोषणा


  • 4.9K
    SHARES
    • कार्तिक २४, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.5K Views

    युएईसँग विश्वकप खेल्ने फुटबल टोलीको घोषणा

    काठमाडौँ, २४ कात्तिक । फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्धको खेलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय पुरुष टोलीको घोषणा भएको छ ।

    images

    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । अभ्यासका क्रममा घाइते भएका टोलीका अनुभवी डिफेन्डर अनन्त तामाङलाई भने टोलीमा समावेश गरिएको छैन । नेपालले कात्तिक ३० गते युएईसँग उसैको घरेलु मैदानमा खेल्नेछ । त्यसपछि नेपालले आगामी मङ्सिर ५ गते दशरथ रङ्गशालामा यमनसँग खेल्ने छ । विश्वकप एसिया छनोटको दोस्रो चरणको समूह ‘एच’ मा रहेको नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् ।

    पहिलो चरणमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो । युएईसँग खेल्ने नेपाली टोलीमा किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट र छिरिङ लामा छन् ।

    यसैगरी, समूहमा योगेश गुरुङ, लकेन लिम्बु, उत्सव राई, क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदाम्बे, निशान हमाल, अञ्जन विष्ट, आयुष घलान, जिलेस्पीजङ् कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियारलाई नेपाली टोलीमा समावेश गरिएको छ ।


    तेस्रो आँखा