काठमाडौं । प्रिमियर लिग फुटबलमा टोटनह्याम उल्भसँग २-१ ले पराजित भएको छ। हारसँगै टोटनह्यामले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो। टोटनहम १२ खेलमा २६ अंकका सात दोस्रो स्थानमा छ। जित निकालेको उल्भ समान खेलमा १५ अंकका साथ १२ औं स्थानमा छ।
घरेलु मैदान मोलिनेउक्स रंगशालामा उल्भलाई जित दिलाउन पाब्लो सराबिया र मारियो लेमिनाले गोल गरे। ब्रेनन जोनसनले गरेको गोल टोटनह्यामका लागि सान्त्वना बन्यो।
गएराति नै भएको अर्को खेलमा आर्सनलले बर्नलीलाई ३-१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ। समान २७ अंक भए पनि गोलअन्तरका आधारमा आर्सनल म्यानचेस्टर सिटी भन्दा पछाडि रहेको छ।
गएराति नै भएका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले लुटनलाई एक शुन्यले हराये। क्रिस्टल प्यालेस एभर्टनसँग ३ २ गोल अन्तरले पराजित भयो।
