• ट्रेण्डिङ्ग :
नेदरल्याण्ड्सले भारतको सामना गर्ने

नेदरल्याण्ड्सले भारतको सामना गर्ने


  • 4.0K
    SHARES
    • कार्तिक २६, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.2K Views

    नेदरल्याण्ड्सले भारतको सामना गर्ने

    काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारत र नेदरल्याण्ड्स भिड्दैछन्। जारी प्रतियोगितामा यसअघिका सबै ८ खेल जितेर घरेलु टोली भारत शीर्ष स्थानमा छ भने समान ८ खेल खेलेको नेदरल्याण्ड्स २ खेलमा जित निकाल्दै अन्तिम स्थानमा छ। यी दई टोलीबीचको खेल दिउँसो सवा २ बजे बैंगलुरुमा सुरु हुनेछ। 

    images

    प्रतियोगितामा भारतसहित दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्यूजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन्। यसअघि गएराति सम्पन्न खेलमा इङ्ल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजित गरेको थियो। 

    त्यस्तै अर्को खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको थियो। आईसीसी एक दिवसीय विश्वकप अन्तगर्त सेमिफाइनलका खेल बुधबार सुरु हुनेछन्।

    सेमिफाइनलको पहिलो खेलमा भारत र न्यूजिल्याण्ड भिड्दा बिहीबार अष्ट्रेलिया र दक्षिण अफ्रिका आमने सामने हुनेछन्। फाइनल खेल आगामी आइतबार हुनेछ। 


    तेस्रो आँखा