• ट्रेण्डिङ्ग :
म्यानचेस्टर सिटी चेल्सीसँग बराबरीमा रोकियो

म्यानचेस्टर सिटी चेल्सीसँग बराबरीमा रोकियो


  • 5.3K
    SHARES
    • कार्तिक २७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 8.1K Views

    म्यानचेस्टर सिटी चेल्सीसँग बराबरीमा रोकियो

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले रोमाञ्चक बराबरी खेलेका छन्। चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेल ४-४ को बराबरीमा सकिएको हो। २५औं मिनेटमा एर्लिङ हालान्डले पेनाल्टी मार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए।

    images

    चेल्सीका २९औं मिनेटमा नै बराबरी गोल गर्यो। डिफेन्डर थियागो सिल्भाले कनर ग्यालाघरले लिएको कर्नरमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए।

    ३७औं मिनेटमा चेल्सीले अग्रता लियो। सिटी डिफेन्डर रूबेन डियासले गल्ती गरेपछि चेल्सीका रिस जेम्सले दिएको पासमा पूर्व सिटी खेलाडी रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। तर पहिलो हाफको अन्त्य तिर सिटीले पुनः बराबरी गोल गर्यो।

    बर्नार्डो सिल्भाको क्रसमा मानुएल आकान्जिले हेडर गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए। दोस्रो हाफको सुरुवात मै सिटीले अग्रता लियो। हालान्डले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई अग्रता दिलाए।

    ६७औं मिनेटमा चेल्सीको पुनः बराबरी गर्यो। ग्यालाघरको लामो दूरी बाट गरेको प्रहार सिटी गोलरक्षक एडरसनले बचाएपछि रिबाउन्डमा निकोलस ज्याक्सनले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

    ८६औं मिनेटमा सिटीले फेरि पनि खेलमा अग्रता लियो। रोड्रीकोले बक्स बाहिरबाट लिएको प्रहार चेल्सी डिफेन्डर थिएगो सिल्भाको खुट्टामा लागेर गोल भएको थियो। 

    तर इन्ज्युरीमा सिटी डिफेन्डर रुबेन डियासले अर्मान्डो ब्रोजामाथि फाउल गरेपछि चेल्सीले बराबरी गर्ने अर्को मौका पायो। यहि सिजन सिटीबाट चेल्सी गएका कोल पालमरले पेनाल्टीमा गोल गर्दै खेललाई ४-४ को स्थितिमा ल्याए।

    बराबरी पछि सिटी १२ खेलमा २८ अंक सहित पहिलो स्थानमा यथावत छ। चेल्सी भने १२ खेलमा १६ अंक सहित १०औं स्थानमा छ।


    तेस्रो आँखा