• ट्रेण्डिङ्ग :
नेपाललाई तेस्रो रजतपदक दिलाउने खेलाडी सम्मानित

नेपाललाई तेस्रो रजतपदक दिलाउने खेलाडी सम्मानित


  • 5.0K
    SHARES
    • कार्तिक २७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 7.7K Views

    नेपाललाई तेस्रो रजतपदक दिलाउने खेलाडी सम्मानित

    काठमाडौँ, २७ कात्तिक । चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ आज सम्मानित भएकी छिन् । एसएस फाउन्डेसनद्वारा आज आयोजित खेलाडी सम्मान कार्यक्रममा रजतपदक विजेता खेलाडी एरिकालाई सम्मान गरिएको हो ।

    images

    सम्मानस्वरुप उनले रू ३१ हजार पुरस्कार प्राप्त गरिन् । एरिकाले गत असोजमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला ६८ केजी तौल समूहमा नेपाललाई रजतपदक दिलाएकी थिइन् । 

    एशियाली खेलकुदको इतिहासमा नेपालका लागि एरिकाले तेस्रोपटक रजतपदक दिलाएकी हुन् । त्यस्तै एशियाली खेलकुदमा नेपालले कराँते खेलमा भने पहिलो रजतपदक जितेको थियो । यसअघि तेक्वान्दो खेलबाट सविता राजभण्डारी र प्याराग्लाइडिङ टिमले रजतपदक जितेको थियो । 

    एरिकाले मेहनत गरे सफलता हासिल गर्न सकिन्छ भन्ने मनोबलले यो पदक दिलाएको भन्दै यस किसिमको सम्मानले आफूलाई थप हौसला प्राप्त भएको बताइन् । उनले आगामी दिनमा खेल क्षेत्रमा अझ उत्कृष्ट खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।   

    कार्यक्रममा कराते खेलका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ पनि सम्मानित भए । सम्मानस्वरुप उनले रू ३१ हजार प्राप्त गरे । उनले नेपाली खेलाडीको रगतमा साहस र वीरताको प्रतीक रहेको भन्दै मार्सल आर्ट खेलले सफलता भित्र्याउँदै आएको बताए । 


    तेस्रो आँखा