• ट्रेण्डिङ्ग :
बर्दियामा खुकुरी प्रहार गरी युवकको हत्या

बर्दियामा खुकुरी प्रहार गरी युवकको हत्या


  • 5.3K
    SHARES
    • कार्तिक २७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 8.2K Views

    बर्दियामा खुकुरी प्रहार गरी युवकको हत्या

    बाँके, २७ कात्तिक । बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ। गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या भएको हो । 

    images

    गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए।

    गएराति दुई समूहबीच झडप भएको थियो। त्यस क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो । झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरूको खोजी भइरहेको बर्दिया प्रहरीले जनाएको छ।


    तेस्रो आँखा