• ट्रेण्डिङ्ग :
कस्ताे हाेला आज र भोलिको मौसम ?

कस्ताे हाेला आज र भोलिको मौसम ?


  • 8.6K
    SHARES
    • कार्तिक २८, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 13.2K Views

    कस्ताे हाेला आज र भोलिको मौसम ?

    काठमाडौं । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा मौसम आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम सामान्यतया सफा छ।    

    images

    आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ।

    आज राति पनि देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    बुधबार भाइटीकाका दिन कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भूभागमा  आंशिक बदली रहने महाशाखाले जनाएको छ। 


    तेस्रो आँखा