• ट्रेण्डिङ्ग :
निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

निर्वाचन अधिकृतको कार्यालय उद्घाटन


  • 8.0K
    SHARES
    • पौष १५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

    धनगढी, १५ पुस । राष्ट्रियसभा निर्वाचनका लागि धनगढीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । यही माघ १२ गतेदेखि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि कार्यालयको उद्घाटन गरिएको हो । जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत जयानन्द पनेरुले कार्यालय उद्घाटन गरेका हुन् ।

    images

    राष्ट्रियसभाको पहिलो निर्वाचन र दोस्रो, २०७५ को निर्वाचन डोटी जिल्लामा गरिएको थियो । यस वर्ष भने राष्ट्रियसभाको निर्वाचन धनगढीमा गरिने भएको हो । 

    सुदूरपश्चिममा रिक्त हुने तीन पदका लागि ५२ जना प्रदेशसभा सदस्य, एक सय ७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखसहित दुई सय २७ जना मतदाता रहेका छन् । उनीहरूको मतभारका आधारमा राष्ट्रियसभा सदस्य चयन हुनेछ । 

    प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका जनप्रतिनिधि रहेका छन् ।

    कार्यालय उद्घाटन गर्दै निर्वाचन अधिकृत पनेरुले मतदाता नामावली प्रकाशन भइसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बताए । उनका अनुसार यही पुस १७ गते मतदाता नामावली प्रकाशन गर्ने र उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाइनेछ ।

    सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ । प्रदेशसभा सचिवालयमा दुईवटा मतदानकेन्द्र स्थापना गरी मतदान गराइने निर्वाचन अधिकृत पनेरुले बताए । मतदानकेन्द्रमा तीनवटा मतपेटिका राखिनेछन् ।

     

  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभा निर्वाचन

  • तेस्रो आँखा