• ट्रेण्डिङ्ग :
कांग्रेस वरीयता : विश्वप्रकाश भन्दा गगन अगाडि, २० औं नम्बरमा शेखर

कांग्रेस वरीयता : विश्वप्रकाश भन्दा गगन अगाडि, २० औं नम्बरमा शेखर


  • 7.1K
    SHARES
    • पौष १५, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    कांग्रेस वरीयता : विश्वप्रकाश भन्दा गगन अगाडि, २० औं नम्बरमा शेखर

    काठमाडौं, १५ पुस । नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ । 

    images

    काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित एक सय ३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो ।

    मंसिर २४/२८ मा कांगठमाडौंमा सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको थियो । 

    कांग्रेसले जारी गरेको सूची अनुसार सभापति शेरबहादुर देउवा पछि उपासभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रो । 

    महामन्त्रीमा गगन थापा विश्वप्रकाश भन्दा अगाडि छन् । थापा पार्टी वरीयतामा चौंथो नम्बरमा छन् । 

    सहमहान्त्रीको पहिलो नम्बरमा फरमुल्लाह मन्सुर रहेका छन् । 

    केन्द्रीय सदस्यको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ रहँदा शशांक कोइराला उनी पछि छन् । उनीहरुको वरीयता क्रमश १४ औं र १५औं रहेको छ । 

    त्यस्तै सभापतिमा पराजित शेखर कोइराला २० औं वरीयतामा छन् ।  वरीयताको १३५ औं नम्बरमा जीवन राना रहेका छन् । 


    तेस्रो आँखा