• ट्रेण्डिङ्ग :
सुरुङभित्र फसेका ४० मजदुरको अझै भएन उद्धार

सुरुङभित्र फसेका ४० मजदुरको अझै भएन उद्धार


  • 3.3K
    SHARES
    • मंसिर ३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.0K Views

    सुरुङभित्र फसेका ४० मजदुरको अझै भएन उद्धार

    काठमाडौं । भारत उत्तराखण्डको यमुनेत्री राष्ट्रिय राजमार्गमा बनिरहेको सुरुङ भित्र फसेका ४०जना मजदुरहरुको एक हप्ता भइसक्दा पनि उद्धार हुन सकेको छैन ।

    images

    उत्तरकाशी जिल्लाको सिल्कयारा गाउँ र डाँडल गाउँ जोड्नका लागि बनाइँदै गरेको सुरुङ एक्कासीभत्किएपछि गत सोमबारदेखि ४० जना मजदुरहरु फसेका छन् । उनीहरुलाई उद्धारका लागिगरिएको हालसम्म गरिएको प्रयास असफल भएको छ । यद्यपि प्रयास जारी छ ।

    बीबीसी हिन्दीका अनुसार मजदुरहरुलाई उद्धार गर्न हालसम्म होरिजेन्टली (सुरुङको मुख्य मार्गअगाडिबाट तेर्सो गरी) मेसिनले ड्रिल गर्ने काम गरिएको थियो । तर तेर्सो गरी प्वाल पार्ने तीनपटकको प्रयास असफल भएको छ । अब पहाड माथिबाट ठाडो प्वाल पार्ने प्रयास भइरहेको छ ।अर्थात् तेर्सो र ठाडो दुवै तरिकाले सुरुङमा प्वाल पार्ने प्रयास भइरहेको छ ।

    ‘अहिले मजदुरहरुलाई बाहिर निकाल्ने काम ठप्पजस्तै छ,’ बीबीसी हिन्दीले लेखेको छ, ‘ठाडो प्वालपार्दा १०३ मिटर जति गहिरो खन्नुपर्छ र यो निकै जोखिमपूर्ण छ । यदि सबै काम ठिकठाक चलेमात्यो काम गर्न पनि चार–पाँच दिन लाग्ने अनुमान छ ।’


    तेस्रो आँखा