• ट्रेण्डिङ्ग :
प्युठानमा ४ दिनदेखि हराइरहेका आमा-छोरा मृत फेला 

प्युठानमा ४ दिनदेखि हराइरहेका आमा-छोरा मृत फेला 


  • 2.5K
    SHARES
    • मंसिर ३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 3.8K Views

    प्युठानमा ४ दिनदेखि हराइरहेका आमा-छोरा मृत फेला 

    प्युठान ३ मंसिर/ जिल्लाको नौबहिनी गाउँपालिका–३ खवाङमा आमाछोरा मृत अवस्थामा फेला परेका छन् । स्थानीय २२ वर्षीया रीमा बुढामगर शुक्रबार र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    images

    घरदेखि झण्डै १५० मिटर नजिकको भीरमा आमा छोराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार आमाको शव भेटिएको देखि ४० मिटर टाढा छोराको शव भेटिएको छ । उनीहरु दुबैजना कात्तिक २७ गतेदेखि हराइरहेका थिए ।

    उनीहरु हराएको खबर प्रहरीले छिमेकीहरुबाट पाएको थियो । शव भेटिएको खबर पनि प्रहरीलाई स्थानीय बासिन्दाले नै दिएका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापा नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ । मृतक महिलाका श्रीमान घरमा नै रहेको खुलेको तर पारिवारिक अवस्थाबारे पनि विस्तृत विवरण आइनसकेको उनको भनाइ छ ।


    तेस्रो आँखा