• ट्रेण्डिङ्ग :
जापानलाई हराउँदै नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो

जापानलाई हराउँदै नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो


  • 2.9K
    SHARES
    • मंसिर ३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.4K Views

    जापानलाई हराउँदै नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो

    काठमाडौँ ३ मंसिर/ नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भएको छ । आइतबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको हो ।

    images

    नेपालले दिएको ११६ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाएपछि नेपाल ४५ रनले विजयी भएको हो । यसअघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको थियो ।

    यस सिरिजमा नेपाल समूह चरणमा जापानलाई पराजित गरेको थियो भने आयोजक हङकङ र तान्जानियासँग पराजित भएको थियो । जापानले भने समूह चरणका तिनै खेलसहित तेस्रो स्थानको खेलमा पनि हार बेहोरेको छ । यस सिरिजको फाइनल खेलमा आज हङकङ र तान्जानिया खेल्दैछन् ।


    तेस्रो आँखा