बर्दिया, ०३ मंसिर । बर्दियामा पाटे बाघको आक्रमणबाट बएक महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिका वडा नम्बर १० सुकुम्बासी टोलकी २४ वर्षिया ममता सुनारलाई घर नजिकैको वनबाट आएको पाटे बाघले आक्रमण गर्दा मृत्यु भएको हो ।
आइतबार दिउँसो नेपाल भारत सिमानामा नजिक घर भई वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणमा परि गम्भीर घाइते भएकी सुनारलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्याउन साथ अस्पतालमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सिराम अर्यालले बताए ।
पछिल्लो समय नेपाल भारत सिमानामा पर्ने तथा भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष र नेपालको बर्दिया निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्ग क्षेत्रमा पर्ने मधुवन नगरपालिका र राजापुर नगरपालिका क्षेत्र आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आासपासका क्षेत्रमा पाटे बाघ आक्रमणका घटना बढ्दै जाँदा मानवीय क्षति बढेको छ ।
नेपाल भारत सिमानामा पर्ने तथा भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष र नेपालको बर्दिया निकुञ्जका वन्यजन्तु ओहोरदोहोर गर्ने मुख्य मार्ग खाता जैविक मार्ग आसपासका क्षेत्रमा मात्रै १८ जनाको बाघको आक्रमणबाट ज्यान गएको छ । झन्डै चार वर्षको अवधिमा बाघको आक्रमणबाट राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा गरि बर्दियामा ३५ जनाको ज्यान गइसकेको छ ।
