• ट्रेण्डिङ्ग :
भारतले दियो अस्ट्रेलियालाई २४१ रनको लक्ष्य

भारतले दियो अस्ट्रेलियालाई २४१ रनको लक्ष्य


  • 5.6K
    SHARES
    • मंसिर ३, २०८० आइतबार
    • २ बर्षs अघि
    • 8.7K Views

    भारतले दियो अस्ट्रेलियालाई २४१ रनको लक्ष्य

    काठमाडौं, ३ मंसिर । भारतले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ५० ओभरमा २४० रनमा अलआउट भएको हो ।

    images

    १०.२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएर दबाबमा परेको भारतलाई विराट कोहली र केएल राहुलले सम्मानजनक स्थितिसम्म पुर्‍याएका थिए । उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे । जुन भारतका लागि भएको सबैभन्दा ठूलो साझेदारी रह्यो ।

    कोहली ५४ र राहुल ६६ रनमा आउट भए । सातौं नम्बरमा ब्याटिङमा आएका सूर्यकुमार यादवले १८ रन बनाए । यसअघि भारतका ओपनरद्वय शुभमन गिल ४ तथा रोहित शर्मा ४७ रनमा आउट भए । यस्तै श्रेयश ऐयर पनि ४ रन बनाउँदै आउट भए ।

    टस जितेर पहिला फिल्डिङ गर्ने निर्णयलाई सही सावित गर्दै अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ विकेट लिए ।


    तेस्रो आँखा