• ट्रेण्डिङ्ग :
डेढ लाख रुपैया बराबरको अवैध चल्ला नियन्त्रणमा

डेढ लाख रुपैया बराबरको अवैध चल्ला नियन्त्रणमा


  • 2.7K
    SHARES
    • मंसिर ४, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.2K Views

    डेढ लाख रुपैया बराबरको अवैध चल्ला नियन्त्रणमा

    गढवा, ४ मङ्सिर । इलाका प्रहरी कार्यालय गढवा र इलाका प्रहरी कार्यालय कोइलाबासले छुट्टा छुट्टै रुपमा करिव डेढ लाख रुपैयाँ बराबरको एक दिने कुखुराको चल्ला नियन्त्रणमा लिएको छ।

    images

    इलाका प्रहरी कार्यालय गढवाले गोप्य सूचनाको आधारमा खटिएको गस्ती टोलीले अबैध कुखुराको चल्ला बरामद गरेको हो। अबैध रुपमा भन्सार छली कोइलाबास भन्सारबाट मंसिर ३ गते गढवा गाउँपालिका वडा नम्बर ५ जमुनिबास भारतबाट नेपालतर्फ चोरी गरी बोईलर कुखुराको चल्ला ल्याउदै गरेको गोप्य सूचना पाएपछी इलाका प्रहरी कार्यालय गढवाआ प्रहरी निरीक्षक नविन वलीको नेतृत्वमा गएको टोलीको अबैध चल्ला नियन्त्रणमा लिइएको हो।

    भारतबाट भन्सार छली चोरी गरी अबैध रूपमा नेपाल ल्याउदै गरेको गढवा गाउँपालिका वडा नम्बर ५ जमुनिबासबाट प्रहरी निरीक्षक वलीको नेतृत्वमा गएको सात जना प्रहरी टोलीले १ दिने १२ कार्टुनबाट ८ सय चल्ला र सवारी साधन सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिए।

    नियन्त्रणमा लिएको कुखुराको चल्लाको अनुमानित मुल्य ५६ हजार सम्म पर्ने कुरा इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ। त्यसैगरी इलाका प्रहरी कार्यालय कोइलाबासले भारतबाट भन्सार छली अबैध रुपमा चोरी गरी नेपाल ल्याउदै गरेको लुकाएर राखेको बेवारिसे अवस्थामा कोइलाबासको जंगलबाट १९ कार्टुनबाट १ हजार ३ सय ६८ वटा अन्दाजी ९५ हजार ७ सय ६० रुपैयाँ बराबरको बोईलर कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।

    साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार,न्याय प्रेमीसँग निरन्तर छलफल र संवाद गरि समाजिक सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले बताए ।


    तेस्रो आँखा