चितवन ६ मंसिर/ बोराभित्र पोको पारेको अवस्थामा चितवनमा दुइटा शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो। ‘अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको छ,’ उनले भने, ‘दुबै जनाको हात-खुट्टा बाँधिएका छन्। मुखमा टेप समेत लगाइएको छ।’
उनका अनुसार खोलामा एक व्यक्ति माछा मार्न पुगेका थिए । गन्ध आएपछि ती व्यक्तिले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेको डिएसपी पण्डितले बताए । शवको सनाखत भइसकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको जनाएको छ। शवको सनाखत हुन बाँकी छ।
