• ट्रेण्डिङ्ग :
हुण्डी तथा अनलाइन जुवा खेल्ने क्रममा एक व्यक्ति पक्राऊ

हुण्डी तथा अनलाइन जुवा खेल्ने क्रममा एक व्यक्ति पक्राऊ


  • 3.0K
    SHARES
    • मंसिर ७, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    हुण्डी तथा अनलाइन जुवा  खेल्ने क्रममा एक व्यक्ति पक्राऊ

    काठमाडौँ , ७ मंसिर / केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको बागबजारबाट अवैध हुण्डी संचालन गरेको तथा अनलाइन जुवा खेलाएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

    images

    सीआईबीका अनुसार बुधबार १ बजे रुपेश श्रेष्ठको घरमा खाजतलास गर्दा उनको साथमा भेटिएको मोबाइलको जाँच गर्दा उनले अवैध हुण्डी संचालन गरेको तथा अनलाइन जुवा खेलाएको देखिएपछि पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार उनले अनलाइन मोबाइल एप्सहरूको प्रयोग गरी हुण्डी संचालन गर्नुका साथै अनलाइन जुवा, क्रिप्टो तथा अवैध रुपमा विदेशी विनिमय कारोबार गरेको प्रमाण फेला परेको हो । पक्राउ परेका आरोपीको घरबाट प्रहरीले ८९ लाख ६९ हजार नेपाली रुपैयाँका साथै ७ हजार २६ अमेरिकी डलरसमेत बरामद गरेको छ ।

     

     

     

     

     

     

     

     

     


    तेस्रो आँखा