• ट्रेण्डिङ्ग :
एनएसएलको दोस्रो संस्करण आजदेखि सुरु हुँदै

एनएसएलको दोस्रो संस्करण आजदेखि सुरु हुँदै


  • 2.4K
    SHARES
    • मंसिर ८, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 3.7K Views

    एनएसएलको दोस्रो संस्करण आजदेखि सुरु हुँदै

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ।  नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टका अनुसार आज दशरथ रंगशालामा भव्य उद्घाटन हुनेछ। 

    images

    प्रतियोगिताको उद्घाटन खेल साविक विजेता काठमाडौं रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलाम एफसीबीच हुनेछ। खेल  साँझ ६ बजे सुरु हुनेछ।

    पहिलो संस्करण कोभिड संक्रमणको समयमा बिना दर्शक आयोजना भएको थियो।  आज हुने उद्घाटन समारोहमा लोकप्रिय गायक सुशान्त केसीले प्रस्तुती दिनेछन्। 

    यसपटक गत संस्करणको तुलनामा सहभागी टोली बढेसँगै लिगमा खेल संख्या पनि बढेको छ। अघिल्लो संस्करणका ६ र ३ नयाँ टोली गरि ९ टोलीले ४० खेल खेल्नेछन्।  उपाधि विजेताले प्राप्त गर्ने रकम पनि दर्शकको उपस्थितिले नै यकिन निर्धारण हुने  आयोजकले जनाएको छ। 

    एनएसएलले यसपटक आइएमइ पेसँग सहकार्य गर्दै टिकट अनलाइन बिक्री सुरु गरिसकेको छ। रंगशालाको सामान्यतर्फ २ सय र भीआइपी तर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ। सबै खेलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनबाट हुने आयोजकले जनाएको छ। 

     

     


    तेस्रो आँखा