• ट्रेण्डिङ्ग :
श्रीमान् जीवित हुँदै एकल महिलाको भत्ता लिएको आरोपमा २ जना विरुद्ध मुद्दा दायर

श्रीमान् जीवित हुँदै एकल महिलाको भत्ता लिएको आरोपमा २ जना विरुद्ध मुद्दा दायर


  • 2.9K
    SHARES
    • मंसिर ८, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.5K Views

    श्रीमान् जीवित हुँदै एकल महिलाको भत्ता लिएको आरोपमा २ जना विरुद्ध मुद्दा दायर

    काठमाडौं , ८ मंसिर / श्रीमान् जीवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images

    मुद्दा दायर हुनेमा रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव शिवकुमार महत्तो र सोही वडाकी निर्मला खत्री छन् ।

    खत्रीका श्रीमान्लेनै आफू जिवितै हुँदै मृत्यू दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीले एकल महिला भत्ता खाएको भन्ने उजुरी गरेपछि अख्तियारले छानबिन गरेको थियो ।

    छानबिनमा क्रममा महत्तो र खत्रीको मिलेमतोमा नक्कली मृत्यु दर्ता प्रमाण पत्र बनाएर निर्मला खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्र बनाएको र ४५ हजार २२० रुपैयाँ भत्ता लिएको देखिएकाले उनीहरुलाई त्यो रकम विगो मानी भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

     

     


    तेस्रो आँखा