• ट्रेण्डिङ्ग :
लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान आजदेखि सुरु

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान आजदेखि सुरु


  • 2.8K
    SHARES
    • मंसिर ९, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.4K Views

    लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान आजदेखि सुरु

    काठमाडौँ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु हुँदैछ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ ।

    images

    संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।

    नेपालमा भने २०५४ सालदेखि यो दिवस मनाउन थालिएको हो । तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन ।

    नेपाली समाजमा बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् । अभियानका क्रममा महिला तथा बालबालिकासँग सम्बन्धित विभिन्न संघ संस्थाले सचेतनामूलक विभिन्न कार्यक्रहरु गर्ने छन् ।


    तेस्रो आँखा