• ट्रेण्डिङ्ग :
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान


  • 2.5K
    SHARES
    • मंसिर ९, २०८० शनिबार
    • २ बर्षs अघि
    • 3.8K Views

    सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान

    काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान गरिएको छ । संसदीय सुनुवाइ समितिले आज सार्वजनिक सूचना जारी गर्दै सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान गरेको हो । 

    images

    शारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालविरूद्ध उजुरी दिन समितिले आह्वान गरेको हो ।

    दश दिनभित्र समितिको सचिवालयमा वा ७७ जिल्लाका जुन सुकै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सकिनेछ । 

    यसैबीच, समितिले पोर्चुगलका लागि नेपाली राजदूत प्रस्ताव गरिएका शनिल नेपालविरूद्ध पनि उजुरी आह्वान गरेको छ । उनीविरूद्ध पनि दश दिनभित्र उजुरी दिन सकिनेछ ।


    तेस्रो आँखा