• ट्रेण्डिङ्ग :
नेपाल सुपर लिग २०२३ अन्तर्गत आज एक खेल हुँदै

नेपाल सुपर लिग २०२३ अन्तर्गत आज एक खेल हुँदै


  • 2.8K
    SHARES
    • मंसिर १०, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.3K Views

    नेपाल सुपर लिग २०२३ अन्तर्गत  आज एक खेल हुँदै

    काठमाडौं , १० मंसिर / नेपाल सुपर लिग २०२३ अन्तर्गत तेस्रो दिन आज एक खेल हुँदैछ । साविक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगंज युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ ।

    images

    खेल त्रिपुरेश्वरस्थि दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । धनगढीको मार्की प्लेअरमा युवा खेलाडी आशिष चौधरी छन् । नयाँ टिम वीरगंजको मार्कीमा गोलकिपर दिप कार्की छन् ।

    यसअघि सन् २०७८ मा भएको पहिलो सिजनमा धनगढी उपविजेता बनेको थियो । फाइनलमा काठमाडौं रेजर्सले धनगढीलाई हराएर उपाधि जितेको थियो ।

    धनगढीमा राष्ट्रिय टिमबाट खेलिसकेका देवेन्द्र तामाङ, कमल श्रेष्ठ छन् भने हाल राष्ट्रिय टिममा रहेका आशिषसहित कृतिश रत्न छुन्चु पनि छन् ।

    यस्तै घरेलु फुटबलमा चर्चित नाइजेरियन ओलावाले आफिजले पनि धनगढीमै छन् । यस बेहक युरोपियन लिगहरुमा खेलेका सेनेगलका फालोउ डियाग्ने, घानाका रिचर्ड ओसेई अग्यमाङग र इंग्ल्याण्ड र ट्रे विलियम्स अनी लेवनानी गोलकिपर मोहम्मद ताहा विदेशी खेलाडीको रुपमा छन् ।

    उता विरगंज टिममा राष्ट्रिय टिमबाट खेलिसकेका हाल अष्ट्रेलिया गएका तेज तामाङ आइकोनिक प्लेअरको रुपमा फर्केका छन् । यसबाहेक राष्ट्रिय टिमबाट खेलिसकेका सुभास गुरुङ पनि छन् ।

    वीरगंजका घानाका चार खेलाडी छन् । जसमध्ये विलियम ओपोकुले यसअघि नेपालमा घरेलु फुटबल खेलिसकेका छन् । यसबाहेक आइकिन्स काए बाफोर, ओबेड आवुसु र हान्स क्वाफी तथा कंगोका गुस्ताभो डीजेड छन् ।


    तेस्रो आँखा