• ट्रेण्डिङ्ग :
चितवनमा बोराभित्र मृत भेटिएका दुई शवको पहिचान हुन सकेन

चितवनमा बोराभित्र मृत भेटिएका दुई शवको पहिचान हुन सकेन


  • 2.4K
    SHARES
    • मंसिर १०, २०८० आइतबार
    • २ बर्षs अघि
    • 3.7K Views

    चितवनमा बोराभित्र मृत भेटिएका दुई शवको पहिचान हुन सकेन

    चितवन, १० मंसिर । भरतपुर महानगरपालिका–१२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन ।

    images

    यही मङ्सिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डको कल्भटमुनि शङ्कास्पद रुपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लामासमेत हुलिया परिपत्र गर्दा मृतकको सनाखत हुन नसकेको हो ।

    सनाखत हुन नसकेका शव कल्भटमुनि दुईवटा बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । शव पोस्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।


    तेस्रो आँखा