तुलसीपुर १० मंसिर/ तुलसीपुरमा एक बालक दुई दिनदेखि वेपत्ता भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गणेशपुर निवासी जीवराज रेग्मीका १२ वर्षिय छोरा आनन्द रेग्मी घरबाटै हराएका हुन् । बालक हराएपछि सबै तिर सोधखोज गर्दा अहिलेसम्म कतै पत्ता नलागेको बुवा जीवराज रेग्मीले जानकारी दिए ।
गहुँगोरो वणर्को गोलो अनुहार भएका, निलो ज्याकेट लगाएका र कालो ब्याग बोकेका बालक शनिबार बिहान ११ बजेदेखि घरबाट गाउँ घुम्न भनि निस्केको र अहिलेसम्म सम्पर्क बिहिन भएको बुवा जीवराजले जानकारी दिए । उनले बालकलाई कसैले कही कतै फेला परेमा ९८६८६३२५५३ र ९८४४९१०८३८ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।
