• ट्रेण्डिङ्ग :
अष्ट्रेलियामाथि भारतको लगातार दोस्रो जित

अष्ट्रेलियामाथि भारतको लगातार दोस्रो जित


  • 2.0K
    SHARES
    • मंसिर ११, २०८० सोमबार
    • २ बर्षs अघि
    • 3.1K Views

    अष्ट्रेलियामाथि भारतको लगातार दोस्रो जित

    काठमाडौं । घरेलु टोली भारतले टी– २० सिरिज अन्तर्गत दोस्रो खेलमा अष्ट्रेलियामाथि ४४ रनको जित निकालेको छ। योसँगै पाँच खेलको टी–२० आई सिरिजमा भारतले २–० को अग्रता लिएको छ। जितको लागि २ सय ३६ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९१ रन बनायो।

    images

    अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ४५ रन बनाए। टिम डेविडले ३७ रन बनाए। एक समय  ओभरमा ५८ रन बनाउँदा चार विकेट गुमाएको अष्ट्रेलियालाई स्टोइनिस र डेविडले ३८ बलमा ८१ रनको साझेदारी गर्दै जितको सम्भावना देखाएका थिए।  डेविड स्पिनर रवि विश्रोईको १४ औं ओभरको तेस्रो बलमा ऋतुराज गायकवाडबाट क्याच आउट भए।

    ओपनर स्टिभ स्मिथ र म्याथ्यु सर्टले १९–१९ रन बनाए। पहिलो खेलमा शतक बनाएका जोश इंग्लिस २ र ग्लेन म्याक्सवेल १२ रनमा आउट भए। कप्तान म्याथ्यु वेड ४२ रनमा नट आउट भए।

    भारतका स्पिनर रवि विश्रोई र प्रसिद्ध कृष्णाले ३ विकेट लिए। अर्शलीप सिंह, अक्षर पटेल र मुकेश कुमारले एकएक विकेट लिए।

    त्यसअघि विशाखापट्नमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो। भारतको जितमा ओपनर रितुराज गायकवाडले ५८ रन बनाए भने  यशस्वी जैसवालले  ५३ रन बनाउदै उत्कृष्ट सुरुवात दिलाएका थिए। 

    ओपनर रितुराज गायकवाड र जैसवालले पहिलो विकेटका लागि  ७७ रनमो आक्रामक साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए। जैसवाल नाथन एलिसको बलमा एडम जाम्पाबाट क्याच आउट भए  दोस्रो विकेटका लागि रितुराज र इशान किशनले ५८ बलमा ८७ रनको साझेदारी गरेका थिए। इशान किशन ५२ रनमा आउट भए। कप्तान सुर्यकुमार यादव १९ रनमा क्याच आउट भए। रिंकु सिँहले ९ बलमा ४ चौका र २ छक्कासहित ३१ रनमा नट आउट रहे।

    अष्ट्रेलियाका नाथन एलिसले ३ विकेट लिए। भारत पहिलो खेलमा २ विकेटले विजयी भएको थियो।  अव तेस्रो खेल मंगलबार गुवाहाटी, चौथो खेल शुक्रबार रैपुर र पाँचौं तथा अन्तिम खेल आइतबार बेंगलोरमा हुनेछ।


    तेस्रो आँखा