• ट्रेण्डिङ्ग :
आज वर्षा तथा हल्कादेखि मध्यम हिमपात

आज वर्षा तथा हल्कादेखि मध्यम हिमपात


  • 2.8K
    SHARES
    • मंसिर ११, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.3K Views

    आज वर्षा तथा हल्कादेखि मध्यम हिमपात

    काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।  
    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ ।

    images

    विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । 

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

    उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ । 


    तेस्रो आँखा