• ट्रेण्डिङ्ग :
जाजरकोटमा चिसोका कारण सुत्केरीको मृत्यु

जाजरकोटमा चिसोका कारण सुत्केरीको मृत्यु


  • 9.3K
    SHARES
    • मंसिर ११, २०८० सोमबार
    • २ बर्षs अघि
    • 14.4K Views

    जाजरकोटमा चिसोका कारण सुत्केरीको मृत्यु

    जाजरकोट ११ मंसिर/ भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीय शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । 

    images

    उनी सुत्केरी भएको करिब महिना दिन हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको गए राति चिसोबाट मृत्यु भएको जानकारी दिनुभयो । नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले भन्नुभयो “घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर आएको छ ।” चदाराले छोरीको जन्म दिएकी थिइन् ।

    गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका थिए ।  भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । रासस


    तेस्रो आँखा