झापा ११ मंसिर/ झापामा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको कमल गाउँपालिका-४ मा करिब ४५ वर्षीय भोलाकुमार तामाङलाई उनकै छोराले हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालकाअनुसार सोमबार बिहान साढे ६ बजे बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरिएको छ ।
तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिषलाई पक्राउ गरेको हो । आशिषले आफ्ना बुवा भोलाकुमारमाथि कराइ र दाउ प्रहार गरी हत्या गरेको डिएसपी रिजालले बताए । हत्यापछि भागेका आशिषनलाई सवा ७ बजेतिर प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
