• ट्रेण्डिङ्ग :
मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि महानगरले तिरायो १ लाख

मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि महानगरले तिरायो १ लाख


  • 3.4K
    SHARES
    • मंसिर १२, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 5.2K Views

    मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि महानगरले तिरायो १ लाख

    काठमाडौं । नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ । महानगरले पानी उत्पादक कम्पनी ए एन्ड बी वेभरेज प्रालिलाई जरिवानास्वरूप १ लाख रुपियाँ तिराएको हो ।

    images

    क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि प्रहरीले आइतबार सो कम्पनीविरुद्ध काठमाडौं महानगरमा उजुरी दिएको थियो । कागेश्वरी मनोहरा नगरपालिका–६ ठेगाना रहेको ए एन्ड बी वेभरेज प्रालिलाई महानगरले अब अर्कोपटक सोही अवस्था फेला परेमा कडा कारबाही गर्ने चेतावनी दिएको महानगरले जनाएको छ । 

    यस्तै, पानी बोतलमा भर्नुअगाडि बोतल अनिवार्य रूपमा निर्मलीकरण गर्नुपर्ने, समय समयमा पानीको ल्याब परीक्षण गर्नुपर्ने निर्देशन महानगरले दिएको छ । यसअघि पनि महानगरले पानीको जार कम्पनीलाई पटकपटक कारबाही गर्दै आएको छ ।


    तेस्रो आँखा