काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आजबाट दोस्रो चरणको खेल हुँदैछ । आज साविक विजेता काठमाडौँ रेजर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुने खेलमा आज काठमाडौँ लगातार दोस्रो जित निकाल्ने योजनामा रहँदा एफसी चितवन पहिलो जितको खोजीमा हुनेछ ।
