• ट्रेण्डिङ्ग :
सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित, मधेश सेमिफाइनलमा

सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित, मधेश सेमिफाइनलमा


  • 4.7K
    SHARES
    • मंसिर १२, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 7.2K Views

    सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित, मधेश सेमिफाइनलमा

    पोखरा , १२ मंसिर /  पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएपछि मधेश प्रदेश सेमिफाइनलमा पुगेको छ ।

    images

    समूह सीमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश तीनै टिमले समान १ खेल जिते पनि रन रेटमा अघि रहँदै मधेश सेमिफाइनलमा पुगेको हो । यो समूहमा पुलिसले मधेशलाई ५७ रनले तथा मधेशले सुदूरलाई ८ विकेटले हराएको थियो ।

    पोखरा रंगशालामा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपाल पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

    पुलिसका लागि कुशल भुर्तेलले ६७ रनको अर्धशतकीय पारी खेलेका थिए । ५१ बलको सामना गरेका कुशलले समान ५ चौका र ५ छक्का हानेका थिए । यस्तै सुनिल धमलाले ४२ र अर्जुन साउदले २० रन बनाए ।

    जितका लाग १५९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले खेल सकिन ८ बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

    सुदूरलाई जिताउन किरण ठगुन्नाले नट आउट अर्धशतकीय पारी खेले । ३४ बल मात्र खेलेका उनले ४ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए । नरेन साउदले ३९ तथा राजु रिजालले १९ रन बनाए । पुलिले सुदूरलाई १६ रन अतिरिक्त दिएको थियो ।


    तेस्रो आँखा