• ट्रेण्डिङ्ग :
परालले छोपेको अवस्थामा महिलाको शव फेला 

परालले छोपेको अवस्थामा महिलाको शव फेला 


  • 2.7K
    SHARES
    • मंसिर १२, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.1K Views

    परालले छोपेको अवस्थामा महिलाको शव फेला 

    धनुषा १२ मंसिर/ धनुषाको धनौजी गाउँपालिका- ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

    images

    मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले जानकारी दिए । दुई/तीन दिनअघि हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरीको आशंका छ ।

     


    तेस्रो आँखा