• ट्रेण्डिङ्ग :
बर्दियामा घुस लिँदालिँदै प्रहरी पक्राउ

बर्दियामा घुस लिँदालिँदै प्रहरी पक्राउ


  • 2.8K
    SHARES
    • मंसिर १२, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.3K Views

    बर्दियामा घुस लिँदालिँदै प्रहरी पक्राउ

    बर्दिया, १२ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ।

    images

    आयोगले प्रहरी नायब निरीक्षक साउदले लागूऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनाका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको नेपालगञ्जबाट गएको टोलीले पक्राउ गरेको हो । 

    आयोगले साउदलाई ३० हजार बराबरको घुस लिँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय मैनापोखरबाट आज पक्राउ गरेको हो । 

    आरोपी प्रनानी साउदमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।


    तेस्रो आँखा