• ट्रेण्डिङ्ग :
एनएसएलमा आज वीरगञ्ज एफसी र चितवन एफसी भिड्ने

एनएसएलमा आज वीरगञ्ज एफसी र चितवन एफसी भिड्ने


  • 4.1K
    SHARES
    • मंसिर १५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 6.3K Views

    एनएसएलमा आज वीरगञ्ज एफसी र चितवन एफसी भिड्ने

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शुक्रबार वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसी प्रतिस्पर्धा गर्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुने खेलमा यी दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्।

    images

    वीरगञ्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग पहिलो खेलमा २–१ ले पराजित भएको थियो। चितवनको यो प्रतियोगितामा तेस्रो खेल हो। चितवनले पहिलो धनगढी एफसीसँग १–०  र दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो।

    दुई खेलबाट एक अंक जोडेको चितवन तालिकाको छैटौँ स्थानमा छ। अंकविहीन वीरगञ्ज भने तालिकाको पुछारमा छ।


    तेस्रो आँखा