• ट्रेण्डिङ्ग :
रुकुम पश्चिममा चिसोले थप एकजनाको मृत्यु

रुकुम पश्चिममा चिसोले थप एकजनाको मृत्यु


  • 2.8K
    SHARES
    • मंसिर १५, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.3K Views

    रुकुम पश्चिममा चिसोले थप एकजनाको मृत्यु

    रुकुम पश्चिम, १५ मंसिर । रुकुम पश्चिममा चिसोका कारण त्रिपालमा बस्दै आएका थप एकजना बृद्धको मृत्यु भएको छ । बिहीबार राती आठबिसकोट नगरपालिका–११, चौर गाउँमा बस्दै आएका एक बृद्धको चिसोले मृत्यु भएको हो ।

    images

    मृत्यु हुनेमा साबिक मग्मा घर भइ लामो समयदेखि आठबिसकोटमा बस्दै आएका ६५ वर्षीय मनरामे सार्की रहेको स्थानीय सुनिल बिकले बताए ।

    यो संगै भूकम्पछि अहिलेसम्म रुकुम पश्चिममा मात्रै त्रिपालमा बस्दै आएका ७ जना बृद्धबृद्दाको चिसोले मृत्यु भएको छ । यसअघि आठबिसकोट नगरपालिकामा ५ र सानीभेरी गाउँपालिकामा १ जना गरि ६ जनाको चिसोकै कारण मृत्यु भएको छ । 


    तेस्रो आँखा