तेजबीर बिसी/ लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा नं। २ देवीकोटमा प्यारा ग्लाइडिङ परिक्षण तथा एग्रो रिसोर्टको शिलान्यास कार्यक्रम गरिएको छ । प्यारा ग्लाइडिङको उद्घाटन लुम्बिनी प्रदेशका सभामुख बसन्त घर्तीले गरेका थिए । रिडी राप्ती ग्रुप र बाबू एडभेन्चर्सको सहकार्यमा प्यारा ग्लाइडिङको सफल परिक्षण उडान गरिएको हो ।
प्याराग्लाइडिङ देवीकोटको डाँडाबाट उडान परिक्षण गरिएको हो । लुम्बिनी प्रदेश सभामुख बसन्त घर्ती ,राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट र रिडि राप्तीका संस्थापक अध्यक्ष मान बहादुर बुढाले पहिलो प्यारा ग्लाइडिङ उडान भरी उद्घाटन गरेका थिए । सभामुख घर्तीले राजधानी क्षेत्रमा प्यारा ग्लाइडिङ गर्दा पर्यटन विकासमा ठूलो सहयोग र सफलता मिल्ने समेत बताए । प्यारा ग्लाइडिङ उडानले अब यस क्षेत्रमा कृषि खपत र स्थानीयमा पर्यटक आगमनले नयाँ उर्जा र नयाँ आशा पलाएको बताए ।
त्यसै संचालक समिति तथा संथापक अध्यक्ष मानबहादुर बुढाले देवीकोट र राप्ती पर्यटन विकासका लागि संस्थाले कुनैपनि कन्जुस्याइँ नगरी अबका दिनमा नयाँ उर्जा र सहज वातावरण तयार गरि निरन्तर उडान गर्ने समेत जानकारी दिए । प्यारा ग्लाइडिङ उडान आयोजना सफल बनाउन १० करोड लाग्ने सक्ने सम्भावना देखिएको अध्यक्ष बुढाले जानकारी दिए ।
प्यारा ग्लाइडिङ उडान भएसंगै स्थानीयहरु हर्षित भएका छन् ।


