• ट्रेण्डिङ्ग :
एनएसएलमा झापा एफसीले पोखरा थन्डर्ससँग टार्‍यो हार

एनएसएलमा झापा एफसीले पोखरा थन्डर्ससँग टार्‍यो हार


  • 3.4K
    SHARES
    • मंसिर १६, २०८० शनिबार
    • २ बर्षs अघि
    • 5.3K Views

    एनएसएलमा झापा एफसीले पोखरा थन्डर्ससँग टार्‍यो हार

    काठमाडौं , १६ मंसिर / नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसीले पोखरा थन्डर्ससँगको हार टारेको छ ।

    images

    शनिबार दशरथ रंगशालामा भएको खेलमा झापाले अन्तिम समयमा गोल फर्काएर हार टारेको हो । खेलमा पोखराले १९ औं मिनेटमा मोसेस ग्याबहको गोलमा अग्रता लिएको थियो ।

    जोय एइडुले डी बक्सभन्दा धेरै बाहिरबाट दिएको पास मोसेले १२ यार्डबाट हेडमार्फत प्रहार गरेका थिए जसलाई झापाका गोलकिपर स्टेफनले रोक्न सकेनन् । तर खेलको ९० मिनेटपछि थपिएको ८ मिनेटको अन्तिम समयमा झापाका समादर ओचिलोभले गोल गरेर खेल बराबरीमा ल्याएका थिए ।

    शनिबारको खेल बराबरीपछि झापाले एनएसएलमा एक अंक जोडेको छ । पहिलो खेल जितेको पोखराले भने ४ अंक बनाएको छ ।

    शनिबारको खेलको ९० औं मिनेटमा कमलबहादुर थापाले रातो कार्ड पाएपछि पोखरा १० खेलाडीमा सीमित भएको थियो । खेलको अन्तिम समयमा पोखराका प्रशिक्षक नविन न्यौपानेले पनि रातो कार्ड पाए ।

    खेलको म्यान अफ दि म्याच पोखराका सुरजज्यू ठकुरी घोषित भए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए । शनिबारको खेलमा फ्यान अफ द म्याचका रुपमा दर्शकलाई पनि पुरस्कृत गरिएको छ । कमल प्रसाद निरौलाले ५ हजार पुरस्कार पाए ।

     

     


    तेस्रो आँखा