• ट्रेण्डिङ्ग :
इलामसँग बुटवल लुम्बिनीको पहिलो खेल

इलामसँग बुटवल लुम्बिनीको पहिलो खेल


  • 3.3K
    SHARES
    • मंसिर १७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.1K Views

    इलामसँग बुटवल लुम्बिनीको पहिलो खेल

    काठमाडौं । नेपाल सुपर लिग २०२३ को आइतबार हुने खेलमा बुटवल–लुम्बिनी एफसीले स्पोर्टिङ इलामको सामना गर्दैछ ।

    images

    दशरथ रंगशालामा हुने त्यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् । 

    १. इलाम प्रतियोगिताका नवप्रवेशी रहेको हुनाले बुटवल–लुम्बिनीले उसको पहिलो पटक सामना गर्दैछ ।

    २. यो यसपल्टको प्रतियोगिताको १२ औं र समग्रमा प्रतियोगिताकै ३७ खेल हुनेछ ।

    ३. इलामले आफ्नो तेस्रो खेल खेल्दैछ । उसले एक खेल जितेको छ र अर्को खेलमा हार बेहोरेको छ । इलामको दुई खेलबाट तीन अंक छ । इलाम सुरुमा काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो । त्यसपछि झापा एफसीलाई १–० ले हराएको हो ।

    ४. बुटवल–लुम्बिनीले यसपल्ट दुई खेल खेलेकोमा दुवैमा परातिज रहेको छ । उसले ललितपुर सिटी एफसीसँग २–० र धनगढी एफसीसँग १–० ले खेल गुमाएको थियो । यस्तोमा टिम शून्य अंकमा रहेको छ ।

    ५. समग्रमा बुटवल–लुम्बिनीले नवौ खेल खेलेको छ । त्यसमा दुई जित, दुई बराबरी र पाँच हार रहेका छन् ।

    ६. यसपल्टको प्रतियोगितमा बुटवल–लुम्बिनी नै एक मात्र यस्तो टिम रहेको छ, जसले गोलको खाता खोलेको छैन् । बुटवल–लुम्बिनीले प्रतियोगितामा खेलेका आफ्ना पछिल्ला तीन खेलमा गोल गर्न सकेको छैन् ।

    ७.उसको अन्तिम गोल वर्ष ०७८ को सिजनमा धनगढीविरुद्ध रहेको थियो । बुटवल–लुम्बिनीले प्रतियोगितामा गोल नगरेको कुल मिनेट २ सय ८० पुगिसकेको छ ।


    तेस्रो आँखा