• ट्रेण्डिङ्ग :
एनएसएलमा आज झापा र काठमाडौं भिड्दै

एनएसएलमा आज झापा र काठमाडौं भिड्दै


  • 6.5K
    SHARES
    • मंसिर १८, २०८० सोमबार
    • २ बर्षs अघि
    • 9.9K Views

    एनएसएलमा आज झापा र काठमाडौं भिड्दै

    काठमाडौं, १८ मंसिर । नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र साविक विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ ।

    images

    आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले मौसमको अवस्थालाई ध्यानमा राख्दै र विज्ञहरुको सल्लाह अनुसार साँझको खेल आधा घण्टा अघि सार्ने निर्णय गरेको हो । यसअघि साँझ साढे ५ बजे सुरु हुँदै आएको खेल आजदेखि नै ५ बजे सुरु हुनेछ ।

    झापा र काठमाडौं दुवै आफ्नो तेस्रो खेल खेल्दैछन् । दुई खेलमा एक जित र एक बराबरी खेलेको काठमाडौं ४ अंकसहित चौथो स्थानमा छ । काठमाडौंलाई आजको खेल जित्दै शीर्ष स्थानको धनगढी एफसीसँग अंक बराबरी गर्ने मौका छ ।

    उद्घाटन खेलमै स्पोर्टिङ इलामलाई हराएर विजयी सुरुवात गरेको काठमाडौंले दोस्रो खेलमा एफसी चितवनसँग बराबरी खेलेको थियो ।

    उता नयाँ टोली झापाले दुई खेल खेल्दा जित हात पार्न सकेको छैन । सिजनको पहिलो खेलमा स्पोर्टिङ इलामसँग पराजित भएको झापाले दोस्रो खेलमा पोखरा थण्डर्ससँग अन्तिम सममया गोल गर्दै बराबरी खेलेको थियो । झापा पनि पहिलो जित हात पार्ने लक्ष्यमा हुनेछ ।


    तेस्रो आँखा